
विराटनगर । असोज १०
पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका एकै घरका पाँचै जनाको शव भेटिएको छ ।
शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो भने गएराति थप दुइजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव गएराति भेटिएको र शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा र खुसीसारा आलेको शव भेटिएको भेटिएको गिरीले बताएका छन् ।
अत्याधिक वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो ।