पीसीअारका लागि सरकारले तोक्यो मापदण्ड

१० आश्विन २०७७, शनिबार

विराटनगर । असोज १०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पीसीअार परिक्षण गर्न पनि मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार लक्षण बिनाका व्यक्तिको पीसीआर परीक्षण आवश्यक छैन।

कसको पीसीआर परीक्षण गर्ने र कसको नगर्ने भनेर मन्त्रालले जानकारी सार्वजनिक गरेको छ। मन्त्रालयले पीसीअार गर्नका लागि तोकेको मापदण्ड :

  1. कोभिडको लक्षण भएका सबै व्यक्तिहरु जस्तै : ज्वरो, सुख्खा खोकी, सास फेर्न गाह्रो हुने, स्वाद गन्ध थाहा नपाउने, पखाला लागेका व्यक्तिहरू,
  2. कोरोना संक्रमितको निकट सम्पर्कमा आएका व्यक्तिहरुको पाँच दिनपछि,
  3. अकस्मात् स्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु,
  4. विदेशबाट फर्किएर कम्तिमा पाँच सात दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरु,
  5. अग्रपंक्तिमा रहेर काम गर्नेहरु,
  6. आईसीयूमा राख्नुपर्ने सबै व्यक्तिहरु,
  7. दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु र ६० वर्ष नाघेका व्यक्तिहरु,
  8. चिकित्सकीय सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरु तर पीसीआर परिक्षण नतिजा नआएकै कारणले शल्यक्रिया रोक्न नपाइने,
  9. चिकित्सकीय सल्लाह अनुसार सिकिस्त बिरामीहरूको डिस्चार्ज गर्नका लागि,
  10. आफ्नै खर्चमा कूटनीतिक नियोग वा भिसा प्रयोजनका लागि ।

यसबाहेक अरुले भने पीसीआर गर्नु आवश्यक नभएको मन्त्रालयका प्रवक्ता डा. गौतमको भनाइ रहेको छ ।