झापामा गोरु काटेर खाएको अारोपमा तीन जना पक्राउ

१० आश्विन २०७७, शनिबार
प्रतीनिधी मुल्क तस्विर

विराटनगर । असोज १०

झापामा गोरू काटेर खाएको आरोपमा शनिबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गोरु काटेर खाएको अारोपमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर बहादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

शनिबार बिहान गोरु काटेर खाएको अनि टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनी स्थानीयले शनिश्चरे प्रहरीलाई खबर गरेसँगै प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।