धरानका सडक मानवलाई तीन महिना हेरचाह गर्ने जिम्मा लोकलक्ष्मी प्रतिष्ठानले लियो

१० आश्विन २०७७, शनिबार

विराटनगर । असोज १०

धरान उपमहानगरभित्र रहेका करीब १२५ जना सडक मानवहरूको हेरचाह र आवासीय सुरक्षाको प्रबन्ध तीन महिनाका लागि लोकलक्ष्मी प्रतिष्ठानले लिने भएको छ।

गत असोज १ गते उपमहानगरका मेयर तिलक राई र प्रतिष्ठानका प्रोप्राइटर इन्द्रप्रसाद श्रेष्ठका बीचमा भएको समझदारीमा धरान - ८ स्थित लाङ्घाली सामुदायिक वनको भवनमा राखिएका करीब ८० जना सडक मानवहरू तथा धरान १ मा रहेको पुरानो अस्पतालमा रहेका ३५ जना अपाङ्ग तथा असहायहरूलाई प्रतिष्ठानका तर्फबाट आगामी मंसीरसम्म तीन महिना भोजन तथा आवासको प्रबन्ध गराउने भनी हस्ताक्षर भएको छ।

प्रतिष्ठानले न्यूनतम दाल, भात, तरकारी र अचार खुवाउने तथा साप्ताहिक रूपमा मासु खुवाउनुपर्ने समझदारीमा उल्लेख छ। प्रतिष्ठानले उपलब्ध गराएको हेरविचारको नियमित जानकारी नगर कार्यालायलाई जानकारी गराउने तथा कुनै कुरामा थपघट गर्नुपरे दुवै पक्षको सहमति हुनुपर्ने सहमति भएको छ।