Logo

शनिबार विराटनगरमा ६४ सहित प्रदेशमा १०६ संक्रमित थप भए

Logo 2020-09-26 03-09    अभिमन्यु अभिजित

विराटनगर। असोज १०

मोरङको विराटनगरमा ६४ सहित प्रदेशभर शनिबार पनि १०६ जना संक्रमित थप भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार गरिएको ५८८ जनाको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो।

जसमध्ये विराटनगरमा २६ महिला र ३८ पुरुष छन्। जहदामा १ पुरुष, बूढीगङ्गामा २ पुरुष, कटहरीमा १/१ महिला र पुरुष तथा ग्रामथानमा १/१ महिला र पुरुष छन् भने सुनवर्षीका १ पुरुष छन्।

उता सुनसरीको दुहवीका १ पुरुष, गढीकी १ महिला, इटहरीका ४ महिला ६ पुरुष छन् भने धरानका ३ महिला ८ पुरुष थप भएका छन्। त्यसैगरी बर्जुमा पनि १ महिला संक्रमित देखा परेकी छन्।

भोजपुरको स्थानीयता नखुलेकी १ महिला र प्रदेश बाहिरका १/१ महिला पुरुष छन्।

साथै झापाको कचनकवलका १ पुरुष, बिर्तामोडका १ महिला २ पुरुष, भद्रपुरका १/१ महिला पुरुष सहित कनकाईकी १ महिला थपिएका हुन्।

प्रदेश बाहिरका १ जनाले गत २४ घण्टामा ज्यान गुमाए भने हालसम्म प्रदेशमा ६२ जनाले ज्यान गुमाएका छन्।

आज एकै दिन प्रदेशका विभिन्न आइसोलेसनबाट ३६ महिला र ८३ पुरुष गरी जम्मा ११९ ले स्वास्थ्यलाभ गरी फर्किएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या छ हजार २५५ पुगेको छ भने २७ सय ८८ जना निको भएर फर्किइसकेका छन्। हाल प्रदेशभर ३ हजार ४०५ जना संक्रमित उपचारका क्रममा विभिन्‍न आइसोलेसनमा छन्।


लोकप्रिय छुटाउनुभयो कि ?