शान्ति सेनामा कङ्गाे गएका नेपाली सैनिकमाथि अधिकृतहरूले नै गरे कुटपिट

१० आश्विन २०७७, शनिबार
तस्वीर- अनलाइनखबर

विराटनगर । असाेज १०

नेपालबाट शान्ति स्थापनाका लागि कङ्गोमा खटिएका सैनिकमाथि अधिकृतहरूले नै कुटपिट गरेका छन् ।

सैनिक जवान नवराज माझीलाई तीन अधिकृतले कुटपिट गरेका हुन्  । कुटपिट गर्नेहरूमा इन्द्र थापा, सुवास हुमागाईँ र योगेन्द्र धिताल रहेकाे आरोप लागेकाे छ ।

के कारण कुटपिट भएकाे भन्ने खुलेकाे छैन । यस  घटनाका बारेमा नेपाली सेनाले छानविन थालेको छ ।

यो घटनामा सैनिक आचार संहिता र मर्यादा विपरित भएको नेपाली सेनाले ताएकाे छ ।  सबै जवान तथा अधिकृतहरुमाथि कोर्ट अफ इन्क्वायरी सुरु गरिएकाे जङ्गी अड्डाले बताएकाे छ ।