तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

१० आश्विन २०७७, शनिबार
तस्वीर- द हिमालयन टाइम्स

विराटनगर । असोज १०

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोनाको जोखिम अझै रहेकाले तत्काल विद्यालय नखोल्न सरोकारवालाहरूलाई आगारह गरेका छन् ।

शनिबार भएको शिक्षा पत्रकार समाजको भर्चुअल कार्यक्रममा मन्त्रीले बालबालिकालाई वैकल्पिक सिकाइमा प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ बिषयक कार्यक्रममा मन्त्री पोख्रेलले सूचना तथा प्रविधिको प्रयोगमा जोड दिएका छन्।

पोख्रेलले न्यूनतम सिकाइका लागि सरकारले आकस्मिक योजना ल्याइसकेको र कोरोनाको प्रभाव कायमै रहेको परिप्रेक्ष्यमा विद्यार्थीलाई घरबाटै वैकल्पिक सिकाइमा जोड्न आग्रह गरेका हुन्।

प्रदेशगत तथ्याङ्क अनुसार प्रदेश २का ५१ प्रतिशत बालबालिका सञ्चार पहुँचमा रहेको र यो तथ्याङ्कलाई सञ्चारका माध्यमबाट बढाई थप पहुँच विस्तारमा जोड दिए। सञ्चारविद् निर्मलमणि अधिकारीले निशुल्क रूपमा उच्च गतिका इन्टरनेट तथा डाटा प्याक उपलब्ध गराउनुपर्ने बताए।

यता प्रशासन कार्यालयहरूले भने सार्वजनिक सूचना मार्फत सबै बन्दाबन्दीका अब खुलाइने र विद्यालय पनि खुलाउने सूचना प्रवाह गरिरहेका छन्।