चीनले सीमा नमिचेकाे गृहमन्त्री थापाकाे दाबी

१० आश्विन २०७७, शनिबार

विराटनगगर ।  असाेज १०

चीनले नेपाली भूमि नमिचेकाे गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् । दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर शनिबार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताएका हुन् ।

‘हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट गरिसकेको छ,’ उनले भने,‘संचार मामाध्यम आएजस्तो चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन् ।’