प्रम ओलीकी नीजि चिकित्सकमा भयाे काेराेना संक्रमण

१० आश्विन २०७७, शनिबार
विराटनगर । असाेज १०
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी नीजि चिकित्सकका रूपमा रहेकी दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रि. वि. चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन समेत रहेकी शाहलाई शनिबार संक्रमण पुष्टि भएको स्राेतले बताएकाे हाे ।

काेराेना संक्रमण पुष्टी भएकाे रिपोर्ट आएपछि उनी होम आइसोलसनमा बसिरहेकी छन् । उनका संकर्पमा काेकाे थिए त्यसकाे खाेजी भइरहेकाे छ ।