
विराटनगर । असोज ११
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेकोले प्रदेश न. १ मा पूर्णतया बदली रहि अन्य प्रदेशमा सामान्य बदली रहने छ ।
अाज प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
साथै अाज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १ का केही स्थानमा समेत भारी वर्षा हुने सम्भावना मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेकोले २४ घण्टासम्म प्रदेश १ मा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।