मिर्चैयामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोलिने

११ आश्विन २०७७, आईतवार
प्रतीनिधीमुल्क तस्विर

 

विराटनगर । असोज ११

 

सिरहाको मिर्चैया नगरपालिकाको नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले आजदेखि नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सामुदायिक विद्यालय सहित सबै विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

 

स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड अपनाएर खोलिने विद्यालय प्रवेश गर्नु अगाडि साबुन पानीले हात धुनुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न पाउने नगरपालिकाका शिक्षा अधिकृत भरत कुमार बानियाले बताएका छन् ।

 

त्यस्तै विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँजा २०७७ अनुरुप पठनपाठन सुरु गरिने बानियाले बताएका छन् ।

 

कुनै समुदायको घर परिवार कोरोनाबाट संक्रमित भएमा बालबालिकालाई विद्यालयमा नआउन जानकारी गराउने समितिको बैठले निर्णय गरेको छ ।

 

त्यस्तै शनिबार शिक्षा पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले तत्कालका लागि विद्यालय नखोल्न आग्रह गरेका छन् । कोरोना संक्रमणका कारण ६ महिनादेखि देश भरका विद्यालय बन्द रहेका छन् ।