मन्त्री परिषदको बैठक अाज बस्दै

११ आश्विन २०७७, आईतवार

 

विराटनगर । असोज ११

मन्त्रिपरिषद पुनर्गठन सम्बन्धि छलफलका लागि बालुवाटारमा अाज दिउँसो १२ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।

प्रधामन्त्री निवास बालुवाटारमा हुने बैठकमन मन्त्रिपरिषद पुनर्गठन लगायत विषयमा छलफल हुने बालुवाटार निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा अोली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको यसअघि धेरै पटक यससम्बन्धी छलफल भइसकेको र अाज मन्त्रीपरिषदको बैठक बस्ने भएको एक मन्त्रीले जनाएका छन् ।