भारतका पुर्व रक्षामन्त्री सिंहको निधन

११ आश्विन २०७७, आईतवार

विराटनगर । असोज ११

लामो समयदेखि बिरामी रहेमा भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो ।

राजस्थानको बाडमेरका निवासी सिंह भारतीय सेनाका पूर्व मेजर तथा भारतको विदेश र रक्षा मन्त्री समेत रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् ।