Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

बोको हरामको अर्को अाक्रमण, अाक्रमणमा कम्तीमा ११ जनाको मृत्युु

2020-09-27 12-09 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर । असोज ११

एजेन्सी । नाइजेरियामा विद्रोही समूह बोको हरामको आक्रमणमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नाइजेरियामा विद्रोह गरिरहेको बोको हरामका लडाकूहरुले समुद्री किनारमा माछा मार्ने क्रममा आक्रमण गरेको नाइजरियाका अधिकारीले दाबी गरेका छन् ।

विद्रोहीले सुरक्षाकर्मीहरु मारिएको बताएपनि सरकारी अधिकारीहरुले भने सर्वसाधारण मारिएको बताएका छन् । बोर्ना राज्यमा भएको घटनामा आठ जना प्रहरी र तीन जना सैनिक मारिएको विद्रोहीको दाबी छ ।

सन् २००९ देखि नाइजेरियामा बोको हरामले इस्लामिक कानुनको व्याख्या हुनुपर्ने भन्दै छुट्टै राज्यको माग गरेर आन्दोलन चर्काउदै अाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय