Logo

व्यवसायी काफ्लेद्वारा लकडाउन अवधिभर मास्क तथा सेनिटाइजर सहयोग

Logo 2020-09-27 02-09    अभिमन्यु अभिजित

विराटनगर। असाेज ११

विराटनगरका व्यवसायी गोपाल काफ्लेद्वारा वाडा प्रहरी कार्यलय विराटनगरका ८० जाना प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरिएको छ ।

[caption id="attachment_5167" align="alignnone" width="1280"] तस्वीरहरू- राहुल साेनी[/caption]

व्यवसायी काफ्ले द्वारा लकडाउन सुरु भएदेखि नै नियमित रुपमा ट्राफिक प्रहरी, जनपथ प्रहरी, पत्रकार एवम आम सर्वसाधारणलाई आफ्नो मन्जरी आयुर्वेद औषधी औद्योगको तर्फबाट उक्त सामग्रीहरु सहयोग गर्दै आएका छन् ।

साथै अब लकडाउनको अन्त्य भएसँगै सुरक्षित भएर नियमित चेकिङ र शान्ति सुरक्षा को कार्यलाई द्रुत गतिमा अगाडि बढाउनु पर्ने भएकोले उक्त सामग्रीहरुले प्रहरीलाई नियमित कार्यमा लाग्न हौसला र सुरक्षा मिल्ने प्रहरी नायव उपरीक्षक दीपक कार्किले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?