भान्छाका कर्मचारीमा काेराेना संक्रमण भएपछि प्रधानसेनापति थापा सेल्फ-क्वारेन्टीनमा

११ आश्विन २०७७, आईतवार
तस्वीर- राजधानी दैनिक

विराटनगर । असाेज ११

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टीनमा बसेका छन् ।

उनकाे निवासमा निवासमा भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।  सरकारले जारी गरेको  स्वास्थ्य-निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सजगता अपनाउँदै सेल्फ क्वारेन्टीनमा बसेको सैनिक मुख्यलयले बताएको छ ।