विद्यार्थीहरूका लागि निशुल्क इन्टरनेट सेवा सुरु, एक्टीभ यसरी गर्न सकिन्छ

११ आश्विन २०७७, आईतवार

विराटनगर । असाेज ११

नेपाल सरकारले विद्यार्थीहरूका लागि निशुल्क इन्टरनेट विस्तारकाे तयारी पूरा गरेकाे छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असाेज १ देखि नै लागू हुने गरी साे व्यवस्था गर्न लागेकाे हाे ।

स्कूल तथा क्याम्पस तहका विद्यार्थीम लक्षित गरी ल्याइएकाे उक्त याेजनामा विद्यार्थीले पठनपाठनमा प्रयाेग गर्न सक्नेछन् । जसकाे लागि विद्यालयकाे परिचय पत्रकाे अनिवार्यता गरिएकाे छ ।

विद्यालय विद्यार्थीहरुले इन्टरनेट महंगो भएर अनलाइन कक्षामा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो ।

 

१. सबैभन्दा पहिले आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्र को फोटो मोवाईलमा खिच्नुहोस् वा स्क्यान गर्नुहोस् ।

२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस https://ntc.net.np/student-kyc

३. proceed मा क्लिक गर्नुहोस् ।

४. तपाईको मोवाईलमा १४२२ बाट आएको OTP verification कोड ३ वटै वक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ।

५. आवश्यक रकम रिचार्ज गर्नुहोस्।

६. *१४४१# डायलगरी आवश्यक volume pack लिनुहोस् र Activate भएको पक्का गर्नुहोस् । zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस् । यो नि:शुल्क हुनेछ ।