
विराटनगर । असोज ११
निजी मेडिकल कलेजहरुले आफ्ना विद्यार्थीहरूलाई परीक्षामा सामेल हुनका लागि अनिवार्य पिसिआर परीक्षण गर्न भनेसँगै उक्त निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको लक्षण नभएका विद्यार्थीहरूको पिसिआर परीक्षण गराउने कुरा वैधानिक नभएको भन्दै पिसिअार परिक्षण नगराई परीक्षामा सामेल गराउन निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएको बताएका छन् ।
मन्त्रालयले पिसिअार परिक्षणका लागि तोकिएको मापदण्ड बमोजिम मात्र पिसिअार अनिवार्य गराउन भन्दै मेडिकल कलेजहरुलाई निर्देशन दिएको हो ।