Premier Cables

विराटनगर

हरिनगर गाउँपालिका अध्यक्ष अन्सारीलाई सांसद आशा झाको धम्की !

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | बिहान ९:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ की रास्वपा सांसद आशा झाले सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष हाजि गफार अन्सारीलाई धम्क्याएको आरोप लागेको छ । झाले टेलिफोन मार्फत आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएको बताइएको छ ।

हरिनगरा गाउँपालिका ४ मा बसोबास गर्ने एकजना झा परिवार र सांसद आशा झाकी बहिनीबीच आपसी विवाद उत्पन्न भएपछि घटना चर्किएको बताइएको छ । सोही विवादका क्रममा झा परिवारसम्वद्ध निरज झाका बाबालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र निरजले नै सांसद आशा झालाई घटनाबारे जानकारी गराएको बताइन्छ ।

विज्ञापन

यस सम्बन्धी अडियो विवाद सामाजिक सञ्जालमा यतिबेला भाईरल बनेको छ ।

निरजसँगको फोन संवादका क्रममा सांसद झाले ‘आफू निरजका बाबासँग नभई हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीसँग विवादमा रहेको आशय व्यक्त गरिएको छ । म तिम्रो बाबासँग पङ्गा लिएको होइन, म गफारसँग लिएको हुँ । यदि गफारको बाउको पावर छ भने तिम्रो बाउलाई निकालेर देखाओस्’ भनेको अडिमा सुन्न सकिन्छ ।

यस घटनालाई लिएर सांसद झाले गाउँपालिका अध्यक्ष अन्सारीलाई व्यक्तिगत रूपमा लक्षित गरी धम्की तथा चरित्रमा आँच पुग्ने किसिमका शब्द प्रयोग गरेकी छिन् ।

यद्यपि, फोन संवादमा प्रयोग भएका शब्द तथा घटनाको वास्तविक परिस्थिति सम्बन्धमा सम्बन्धित पक्षबाट औपचारिक पुष्टि हुन बाँकी छ ।

घटनाबारे अध्यक्ष गफार अन्सारीको पक्षबाट पनि थप प्रतिक्रिया आउन बाँकी छ। विवाद व्यक्तिगत विषयबाट सुरु भए पनि जनप्रतिनिधिबीच धम्कीपूर्ण अभिव्यक्ति प्रयोग भएको आरोप सार्वजनिक भएपछि यसले राजनीतिक तथा सामाजिक रूपमा समेत चासो बढाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka