प्रदेश ५ मा भिडियो कन्फरेन्स मार्फत पक्राउ परेकाको म्याद थप गर्न सकिने

११ आश्विन २०७७, आईतवार

विराटनगर । असोज ११

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी थप फैलिन नदिन प्रदेश ५ ले अब भिडियो कन्फरेन्स मार्फत् नै पक्राउ परेकाहरुमाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्न सकिने व्यवस्था गरेको छ ।

प्रदेशका १२ जिल्ला प्रहरी कार्यालय र सो मातहतमा मुद्दा चल्ने ४० वटा इकाईहरुमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका अभियुक्तहरुको भिडिओ कन्फरेन्स मार्फत म्याद थप्न सकिने व्यवस्था गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालय तुलसीपर दाङ, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरसँगको सहकार्यमा जिल्लास्तरमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय मार्फत भिडिओ कन्फरेन्स बाट म्उाद थप गर्ने व्यवस्था गरेको एसएसपी बैदवारले जानकारी दिएका छन् ।