अज्ञात राेगका कारण सिन्धुपाल्चाेकका बाख्रा धमाधम मर्दै

११ आश्विन २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज ११

सिन्धुपनल्चाेक जिल्लाकाे सुनकोसी गाउँपालिकामा किसानका बाख्राहरू लगातार मर्न थालेका छन् । अज्ञात राेगका कारण बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ गाउँका किसानमा चिन्ता बढ्न थालेकाे छ।

गत केही सातामा ५० भन्दा बढी बाख्रा मरिसकेका छन् भने मर्ने ब्रम झन् बढ्दाे क्रममा रहेकाे छ ।

स्थानीयवासीहरका अनुसार धेरैजसाे किसानकाे खोर नै रित्तिएको  र गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएकाे छैन । बाख्राकाे लागि उपयुक्त मानिने पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले उपलब्ध गराएन सकेकाे छैन ।

गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखेकाे छ । तैपनि किसानका बाख्रा विना कारण मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन तदारुकता लदेखाएकाे गाउँलेहरकाे भनाइ छ ।

गाउँपालिकाभित्र एकजना मात्र पशुविज्ञ छन् । हालसम्म गाउँमा ४५ भन्दा धेरै बाख्रा मरिसकेकाे र याे महामारीकै रूपमा विकसित भइरहेकाेले यसबारे किसानलाइ लाखाैँ घाटा भएकाे बताइएकाे छ ।

बाख्रामा कुनै रोग पहिचान नभएको र पीपीआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले जानकारी दिएका छन् ।