Logo

पहिरोले धनकुटामा दुई परिवार विस्थापित

Logo 2020-09-28 09-09    Hamro Biratnagar

विराटनगर । असोज १२

धनकुटामा भारी वर्षाको कारण कतिपय स्थानमा पहिरो जाँदा बाटाघाटा अवरुद्घ छन् भने २ घरका परिवार विस्थापित नै भएका छन् ।

जिल्लाको धनकुटा नगरपालिका वडा नं. ६ फोक्ल्याण्ड टापुका २ परिवार विस्थापित भएका छन् भने १० घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एस. पी. गोविन्द अधिकारीले जानकारी दिएका छन् ।

अविरल वर्षाका कारण खसेको पहिरोले फोक्ल्याण्डका पदमशेर राई र जोसना राईको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित भएका र उच्च जोखिममा रहेकालाई धनकुटा नगरपालिका र प्रशासनसँग सहकार्य गरेर अावश्यक व्यवस्था गरिने वडा नम्बर ६ का वडाध्यक्ष नरेश श्रेष्ठले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?