
विराटनगर । असोज १२
मकवानपुरको महाशक्ति शप उद्योगको कार्टुन गोदाममा अागलागी भएको छ ।
हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगको गोदाममा सोमबार बिहान आगलागी भएको छ ।
विद्युुत सर्ट हुँदा उद्योगको काटुन गोदाममा लागेको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर केमिकल तथा अन्य सामग्री गरी ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।