अर्धनग्न अवस्थामा महिलाको शव फेला

१२ आश्विन २०७७, सोमबार
सांकेतिक तस्वीर

 

विराटनगर । असोज १२

बैतडीमा अाइतबार दिउँसो अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ ।

 

दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेसँगै प्रहरी घटनास्थलमा पुगेकध बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

 

अर्धनग्न अवस्थामा शरिरमा घाउहरु रहेको अवस्थामा शव भेटिएकि महिलाको चौलानी नदीमा बगेर मृत्यु भयो कि कसरी भयो भन्ने खुल्न सकेको छैन ।

 

प्रहरीले शव सड्न लागेको अवस्थामा रहेको र शरिरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको बताएको छ । उनको शव जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।