विपीका चिकित्सकहरुको प्रदर्शन जारी

१२ आश्विन २०७७, सोमबार

 

 

विराटनगर । असोज १२

 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल एण्ड डेण्टल फ्याकल्टी वेलफेयर सोसाइटीले अाफ्ना मागहरुको प्रतिष्ठानले वेवास्ता गरेको भन्दै आज फेरि प्रदर्शन गरेको छ ।

 

सोमबार बिहान पनि उपकुलपति कार्यालय अगाडी भेला भएका दर्जनौं मेडिकल तथा डेण्टलका चिकित्सकहरुले प्रतिष्ठानलाई लथालिङ्ग बनाइएको भन्दै व्यवस्थापनको विरोध जनाएका थिए ।

 

शान्तिपूर्ण प्रदर्शन गरिरहेका चिकित्सकहरुले विगतमा व्यवस्थापनले आफुहरुसँग गरेको सहमति पालना गर्नुपर्ने बताएका छन् । त्यस्तै समयमा नै प्रमोसन नहुँदा प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु समेत प्रभावित भएको उनीहरुको भनाई छ।

 

चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी आफुहरुको मागप्रति गम्भिर नभएको गुनासो गरेका छन् । प्रतिष्ठानको शिक्षा स्वास्थ्य र अनुसन्धानका धेरै विषयहरु भद्रगोल भइरहेको बताउँदै अविलम्ब आफ्ना जायज मागहरु पुरा गर्न आग्रह गरेका छन् ।

 

आजको प्रदर्शनमा प्रतिष्ठानमा डेण्टल र मेडिकल दुवै विभागका दर्जनौ चिकित्सकहरुको सहभागिता रहेको थियो ।