Logo

एम आइको अत्याधुनिक टिभी विराटनगरमा लन्च, पहिलो दिन नै ग्राहकको भीड

Logo 2020-09-28 01-09    अभिमन्यु अभिजित

विराटनगर। असोज १२

विराटनगरमा विगतदेखि नै सञ्चालनमा रहेको अरुण एण्ड ब्रदर्सले मङ्गलबार अत्याधुनिक टेलिभिजन लन्च गरेको छ।

एम आइ फोनमा उत्पादन कम्पनी सिओमीले भारतमा सफल व्यापार गर्दैछ भने नेपालमा पनि यसको सुरुआत थालिएको छ। पहिलो नंबरमा बिक्री हुने दाबी गर्दै आएको सिओमी कम्पनीले गुगल असिस्टेन्ट सहित अन्य विभिन्न फिचरहरू समावेश गरेको छ।

सीसामा २ बर्षको ग्यारेन्टी तथा पूरै टिभीमा भने १ बर्षको ग्यारेन्टी रहेको अरुण इलेक्ट्रोनिक्सका सञ्चालक अभिषेक अग्रवालले बताएका छन्।

कोशी अञ्चलमै पहिलो डीपोको रूपमा सञ्चालित उक्त इलेक्ट्रोनिक्सले इटहरी धरान र अन्य शहरहरूमा यसको वितरण गर्दैछ। हाल कम्पनीले ४३ इन्चको टिभीको खुद्रा मूल्य ३९ हजार ९९९ तथम ५५ इन्चकाे टिभीकाे मूल्य ६४ हजार ९९९ रहेको जनाएको छ। जुन अन्य कम्पनीको तुलनामा ४० प्रतिशत कम मूल्य हो।

विराटनगर ९ स्थित एन आइसी बैंकको छेउमा रहेको उक्त इलेक्ट्रोनिक्समा लन्च भएको दिन नै ग्राहकहरूको बाक्लो भीड देखिएको छ। हालसम्म एक सयभन्दा बढी टिभीको अग्रिम बुकिङ भैसकेको सञ्चालक अग्रवालले जानकारी दिए।

[video width="640" height="352" mp4="https://hamrobiratnagar.com/wp-content/uploads/2020/09/arun.mp4" autoplay="true"][/video]

डिपोले ४३ र ३२ इन्चका पनि टिभीहरू सुपथ मूल्यमा बिक्री गर्ने तयारी गरिरहेको र सो दसैं अगावै ग्राहक सामु ल्याउने जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?