
विराटनगर। असोज १२
मोरङको विराटनगरमा मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरबाट ८३ जना संक्रमित थपिएका हुन्
जसमा सुनसरीको धरानमा ७ महिला ७ पुरुष छन् भने इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महीला ५ पुरुष, हरिनगरका १ पुरुष सहित स्थानीयता नखुलेका दुई पुरुष थप भएका छन्।
मोरङको विराटनगरका ६ महिला १० पुरुष छन् भने बूढीगङ्गाका पनि छ पुरुष थप भएका हुन्। बेलबारी र सुन्दरहरैंचाका १/१ महिला पुरुष गरी ४ जना, स्थानीय तह नखुलेको १ महिला र २ पुरुष तथा उर्लाबारीका १ पुरुष पनि थप भएका हुन्।
उता झापाको बिर्तामोड र मेचीनगरका १/१ पुरुष छन् भने खोटाङका ऐंसेलुखर्कका र स्थानीयता नखुलेका १/१ पुरुष छन्। धनकुटा र इलामका १/१ महिला र ओखलढुंगाका सिद्धिचरणका १ महिला २ पुरुष र सुनकोशीका १ पुरुष थपिएका हुन्।
प्रदेश बाहिरका जम्मा ७ गरी कूल ८३ संक्रमित मंगलबार थप भएको मन्त्रालयले सार्वजनिक गरेको छ।
मंगलबार ९२२ जनाको पिसीआर परीक्षण गरिएको थियो भने हालसम्म १ लाख २१ हजार ९१२ जनाको पिसीआर परीक्षण भएको छ।
प्लदेशभरबाट मंगलबार १४ महिला र ३० पुरुष गरी ४४ जना कोरोना मुक्त भएका छन्। सुनसरीकी १ महिलाले ज्यान गुमाइन् भने अहिलेसम्म ज्यान गुयाउनेको संख्या ६४ पुगेको छ।
हालसम्म संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ भने प्रदेशभर ३ हजार ५८७ जना उपचारका क्रममा छन्।