राष्ट्रपति भण्डारीद्वारा एसिड लगायत तीन अध्यादेश जारी

१२ आश्विन २०७७, सोमबार

विराटनगर । असाेज १२

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गरेकी छिन् ।

ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र  नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय(पहिलो संशोधन) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।