
विराटनगर । असाज १२
सर्वोच्च अदालतले ओम्नीलाई कालाेसूचिमा राखेकाे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्नीकै पक्षमा सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले कालोसूचीमा राख्ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेकाेमा ओम्नीलाई कालोसूचीमा राख्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्ने आदेश गरेको हाे ।
गत असोज ९ गते ओम्नी कातर्फबाट सर्वोच्चमा रिट परेकाे थियो ।