कोरोना कहर: ‘बालिका वधु’का निर्देशक साइकलमा तरकारी बेच्न थाले

१३ आश्विन २०७७, मंगलवार

 

नयाँ दिल्ली। असोज १३

बलिउडका चर्चित निर्देशक रामवृक्ष गौड अहिले साइकलमा आफ्ना १७ बर्षीय छोराका साथमा तरकारी बेच्दै गरेको तस्वीरका कारण भाइरल बनेका छन्।

कोरोना कहरका कारण महिनौं थलिएको चलचित्र उद्योगको प्रभाव जताततै देखिन्छ। चर्चित टेलिसिरियल बालिका बधुमा निर्देशकको भूमिका निर्वाह गरेका एवं बलिउडका संभ्रान्त सेलिब्रेटीसित उठबस गरेका निर्देशक गौडको तरकारी बेच्नुपर्ने परिस्थिति विचार गर्दा अन्य मजदुरको अवस्था पनि अनुमान गर्न सकिन्छ।

गौडका छोरालाई पनि चलचित्रमा ल्याउने योजना छ तापनि सुटिङको तयारी गरिरहेका बूला लकडाउन सुरु भयो। निर्माताले अब बर्षदिन अघि निर्माणका लागि नसकिने बताएपछि बाबु छोरा नै दैनिकी गुजार्न साइकलमा तरकारी लिएर शहरतिर भौतारिन थालेका छन्।

उत्तर प्रदेशको आजमगढ घर भएका गौडले श्रमको सम्मान गर्ने हुँदा आफूलाई तरकाली बेच्दा अपशोच नहुने प्रतिक्रिया व्यक्त गरिरहेका छन्। सिने जगत्का गौडले संसारभरका सिने मजदुरको प्रतिनिधित्व गरिरहेको बारे भारतीय मिडियामा उनको बृहत् चर्चा हुने गरेको छ।