विश्व स्वास्थ्य संगठनले केही मीनेटमै काेराेना नतिजा दिने प्रविधि १३३ देशमा उपलब्ध गराउँदै

१३ आश्विन २०७७, मंगलवार

विश्व स्वास्थ्य सङ्गठन केही मिनेटभित्रै काेराेना पाेजिटिभ या नेगेटिभ पत्ता लगाउने एउटा विशेष प्रविधि परीक्षणका लागि विश्वका एक सय ३३ देशमा पुर्याउने दाबी गरेकाे छ । न्यूनआय भएका देशमा काेभिड पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने रणनीति अनुरूप साे प्रविधि चाँडै वितरणकाे तयारी गरेकाे संगटनले जनाएकाे हाे ।

कतिपय अल्पविकसित मुलुकमा काेराेना भाइरस पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक भूमिका निर्वाह गर्ने संगठनकाे जिकिर छ ।

विभिन्न उत्पादक कम्पनीहरूसँगकाे सक्झाैता अनुसार साे प्रविधि ६ महिनाभित्र करीब १२ लाख बन्ने र वितरण थालिने जनाइएकाे छ ।

डब्ल्यूएचओका प्रमुखले टेड्राेस अाधानाेमका अनुसार कोरोनाभाइरस नियन्त्रणका लागि याे कदम कोसेढुङ्गा सावित हुनेछ । संक्रमणदर उच्च रहेका भारत र मेक्सिकाे लगायत देशमा ढिलाे नतिजा अाउने र यसबाट संक्रमण राेकथामका लागि बाधा पुगेकाे भन्दै साे प्रविधिकाे विकास गरिएकाे जनाइएकाे छ। यद्यपि कुन कुन देशमा पहिले पुग्ने भन्ने बारेकम खुलाइएकाे छैन ।

साे प्रविधिकाे विकाससँगै करीब पाँच डलरमा यसबाट नतिजा थाहा पाइने संगठनकले बताएकाे छ । कतिपय अन्तर्राष्ट्रिय संचारमाध्यममा भने संगठनले स्वास्थ्य सेवा नभएर व्यापार गर्ने तयारी थालेका कताउले गरेका छन् । सन् २०२१ काे दाेस्राे महिनादेखि उपलब्ध गराइने विश्वस्वास्थ्य संगठनले जनएकाे हाे ।

-एजेन्सी