भारी मात्रामा सुनकाे मूल्यमा वृद्धि

१३ आश्विन २०७७, मंगलवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज १३

मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९४ हजार २०० कायम भएकाे हाे । हिजाे ताेलामा ९३ हजार ३०० ले कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँ बढेर ९३ हजार ७०० कायम भएकाे छ । हिजाे प्रतिताेला ९२ हजार ८०० थियो। चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर प्रतितेला एक हजार १७५ तोकिएको छ।