
विराटनर । असाेज १३
उपत्यकामा ब्राेइलर कुखुरालाई रङ लगाएर लोकल भन्दै महंगाेमा बेचेको आरोपमा चार जना पक्राउ परेका छन् ।
कलंकीबाट ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल भन्दै बेचेको आरोपमा प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल र चन्दा देवी शाहलाई पक्राउ गरिएको महानगरी प्रहरी वृत्त कालिमाटीले जानकारी दिएकाे छ।
ब्रोइलरका सेता चल्लालाई कालो, रातो रंग लगाएर लोकल भन्दै उनीहरुले कलंकी र काठमाण्डाैँका विभिन्न क्षेत्रमा महङ्गो मूल्यम बिक्री गर्ने गरेको प्रहरीले जनाएकाे छ ।
रङ लगाउन तयारी गरिएका २५ हजारभन्दा बढी साना चल्ला पनि बरामद गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाे पनि जनाएकाे छ ।