कोरोना संक्रमण भएका विभिन्न मुलुकका १२ करोड जनतालाई बिल गेट्सले सहयोग गर्ने

१३ आश्विन २०७७, मंगलवार

विराटनगर। असोज १३

विश्वका निम्न आय हुने विभिन्न देशका करीब १२ करोड जनाको कोरोना परिक्षणका लागि एन्टीजीन र्यापिड डायग्नोस्टिक टेस्ट (एन्टिजीन आरडिटी) विधिबाट गर्न विभिन्न संस्थाहरूले विश्व स्वास्थ्य सङ्गठनसित सम्झौता गरेका छन्।

सोमबार जारी भएको सार्वजनिक सूचनामा न्यून आय भएका देशका लागि भरपर्दो परीक्षणमा यसले सघाउने पनि बताइएको छ। विश्वका अर्बपतिहरूको सूचिमा दोश्रो स्थानमा रहेका बिल गेट्सको संस्था द बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन लगायत अन्य दर्जनौं सहभागी भएका हुन्।

बिल गेट्सको संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले भने आरडिटी निर्माता अबोट र एसडी बायोसेन्सरलाई आरडिटी खरीदका लागि ग्यारेन्टी दिएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनको आय कम भएका मुलुकमा कोरोना परीक्षण शीघ्र बनाइने कार्य अनुरूप यो सेवा संचालन हुने बताइएको छ । यसबाट करीब पाँच डलरमा कोरोना परीक्षण हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्।