अस्पताल भर्ना हुने बित्तिकै काेराेना संक्रमितकाे मृत्यु

१३ आश्विन २०७७, मंगलवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज १३

सुनसरीको दुहवी ५ का ६० वर्षीय काेराेना संक्रमित पुरुषको काेशी अस्पतालमा भर्नालगत्तै ज्यान गएकाे छ।

मंगलबार दिउँसाे करीब २ः३० बजे उपचारका लागि अस्पतालमा भर्ना गरिएका पुरुषकाे केही समयपछि मृत्यु भएको  काेशी अस्पतालले जनाएकाे छ ।

काेशी अाइसाेलेशनका संयोजक डा. लक्ष्मीनारायण यादवका अनुसार बिरामीमा ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियाे ।

भर्ना गर्नासाथ ज्यान गुमाएका पुरुषकाे स्वाब संकलन गरिएकाेमा साेमबार नै राती करीब ८ बजे पाजेटिभ देखिएकाे थियाे ।