Logo

गत २४ घण्टामा देशभर १५१३ जना संक्रमित थप, कूल संक्रमण पाैने लाघ नाघ्याे

Logo 2020-09-29 04-09    अभिमन्यु अभिजित

विराटनगर । असाेज १३

गत २४ घण्टामा नेपालभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७३१ छ । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

हाल मुलुकमा २०३९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९ हजार ६८९ जना संगस्थागत र १० हजार ७०७ जना होम आइसोलेसनमा रहेका छन्।

गत २४ घण्टामा १० हजार ८९१ वटा पीसीआर परीक्षण भएको थियाे । क्वारेन्टिनमा ५ हजार ७७८ जना रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?