विराटनगरमा ६१ सहित प्रदेशमा १२२ संक्रमित थप, एकै दिन ३ जनाको निधन

१३ आश्विन २०७७, मंगलवार

विराटनगर। असोज १३

मोरङको विराटनगरमा २९ महिला ३२ पुरुष सहित प्रदेशभर १२२ जना संक्रमित थप भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङकै सुन्दरहरैंचाका दुई पुरुष, ग्रामथानका १ पुरुष ३ महिला, ऊर्लाबारीकी एक महिला, सुनबर्षीका १ पुरुष र कटहरीका ५ पुरुषमा संक्रमण देखिएको जनाएको छ ।

स्थानीयता नखुलेका २ महिला सहित १० पुरुष पनि मोरङकै छन्।

उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष दुहवीका १ महिला ३ पुरुष तथा स्थानीयता नखुलेका ३ पुरुष रहेको पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

झापाको भद्रपुर र दमकका ३/३ पुरुष, स्थानीयता नखुलेकी १ महिला र अर्जुनधाराका १ पुरुष रहेका छन्।

सोमबार शून्य संक्रमण भनिएको इलामका माई नगरपालिकाका एकजना पुरुष पनि संक्रमित भेटिएका छन्।

त्यस्तै उदयपुरका र भोजपुरका १/१ पुरुष पनि थप भएका छन् भने तेह्रथुमका पनि दुई पुरुष थप भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कूल संक्रमित ६ हजार ६४१ पुगेकामा ६७ जनाले ज्यान गुमाएका छन्। मंगलबार ८६२ पिसीआर परीक्षण गरिएको थियो भने हालसम्म १ लाख २२ हजार ७७४ जनाको परीक्षण भइसकेको छ।

प्रदेशका विभिन्न आइसोलेसनबाट ६७ महिला र ९९ सय पुरुष गरी जम्मा १६६ जना कोरोना मुक्त भएका छन्।

सुनसरी, मोरङ र झापाका १/१ पुरुष गरी २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ३०४१ जनाले कोरोना जितेका छन् भने ३५३३ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।