Logo

रुसले बनाएको अढाई करोड कोरोना भ्याक्सिन नेपाल ल्याउने सम्झौता

Logo 2020-09-29 05-09    अभिमन्यु अभिजित

मस्को। असोज १३

रुसले बनाएको कोरोना विरुद्धको अढाई करोड भ्याक्सिन नेपाल ल्याउने सम्झौता भएको छ। रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फार्मस्युटिकल्समार्फत सो संख्यामा भ्याक्सिन पठाउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

रुसमा बनाइएको उक्त भ्याक्सिन परीक्षणकै क्रममा रहेपनि रुसले विश्व स्वास्थ्य सङ्गठनमा दर्ता गराइसकेको छ।

रुसका राष्ट्रपति भ्वादिमिर पुटिनकी छोरीलाई पनि उक्त भ्याक्सिन परीक्षण गरिएको समाचारले यसले अहिले विश्वमा चर्चा पाइरहेको छ।

रुसको स्पुतनिक-भी भ्याक्सिन नेपालमा आपूर्ति गर्ने सम्झौता भएको बताइएपनि कहिले आउने भन्ने बारे मिति तय भइसकेको छैन।


लोकप्रिय छुटाउनुभयो कि ?