
विराटनगर । असोज १४
खाडी मुलुक कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।
सन् २००६ अघि ५० वर्षभन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका उनले कुवेतमा सन् २००६ देखि शासन गर्दै आएका थिए ।
शेखको निधनलगत्तै कुवेतको मन्त्रिपरिषदले उनका सौतेनी भाइ ८३ वर्षका क्राउन प्रिन्स शेख नवाफ अलअहमदलाई उत्तराधिकारी घोषित गरेको छ ।
‘डिन अफ अरब डिप्लोमेसी’ का रुपमा परिचित उनले अधिकांश समय क्षेत्रीय तनावका बेला मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।