जनरल इन्स्योरेन्सको आइपीओ बिक्रीको आज अन्तिम म्याद

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ११ गते खुलाएको अाईपीअो बिक्रीको अावेदन दिने अाज अन्तिम म्याद हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीका लागि खुलाएको थियो । ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर छुट्टाएको छ । बाँकी २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सकिनेछ ।