नोबेलमा एक कोरोना संक्रमितको मृत्यु

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरी हरिनगरा-२ का ५० वर्षीय एक कोरोना संक्रमित पुरुषको बुधबार बिहान ७:३० मा उपचारको क्रममा मृत्यु भएको छ ।

असोज ९ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, ज्वरो र निमोनियाको बिरामी रहेका उनको भेन्टिलेटरमा राखेर उवचारका क्रममा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जनाएका छन्