घुस लिदै गरेको अवस्थामा करदाता सेवा कार्यालय इलामका पुर्व कर्मचारी रंगेहात पक्राउ

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले सोमबार करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुससहित एक पुर्व कर्मचारीलाई पक्राउ गरेको छ ।

टोलीले करदाता सेवा कार्यालय इलामबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाललाई दश हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरीस्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिएका छन् ।