बढ्दो मूल्यमा सुन

१४ आश्विन २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असोज १४

अस्थिर रहेको सुनको मूल्यमा बुधबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार प्रतितोला ९४ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९४ हजार ७०० कायम भएको छ।

त्यस्तै मंगलबार प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य अाज तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार २०० पुगेको छ।

त्यस्तै मंगलबार एक हजार १७५ मा कारोबार भएको चाँदी पनि अाज १५ रुपैयाँले बढेर एक हजार १९० मा कारोबार भइरहेको छ ।