शाखा अधिकृत र ना. सु. को परिक्षा तालिका सार्वजनिक

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

लोकसेवा आयोगले बुधबार एक सूचना जारी गरेर कोरोना भाइरसका कारण रोकिएका परीक्षाहरु पुनः संचालन गर्ने निर्णय गरेको छ ।

आयोगले रोकिएका शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।

अायोगले कार्तिक १८ देखि २७ गतेसम्म शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा हुने जनाएको छ । त्यस्तै मंसिर ७ देखि १२ गतेसम्म सुब्बा पदको द्वितीय र तृतीय पत्रको परीक्षा हुने बताएको छ ।

त्यस्तै सहसचिव पदको परीक्षा तालिका समेत अायोगले सार्वजनिक गरेको छ भने स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता पनि तय गरेको छ ।

आयोगमा गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा कोरोना भाइरसका कारण स्थगित रहेका थिए ।