Logo

गजल ।। राेम ढुङ्गेल

Logo 2020-09-30 01-09    अभिमन्यु अभिजित

नजानू छन् जहाँ स्वार्थी दलाली बन्द कोठामा

नछिर्नू ज्ञानको ज्योती नबाली बन्द कोठामा ।।

जहाँ हुन्छन् बधाईका कुरा - स्वामित्वका थुप्रै

फकिन्छन् वा फकिँदैनन् नहाली बन्द कोठामा ।।

तिमीलाई अझै बोक्नेहरूको काइदा कस्तो

सकियो है कसैलाई पखाली बन्द कोठामा ।।

बफादारी, इमानदारी बिकाऊ हुन्न है मेरो

तिमी बस्छाै भने ऊर्जा निकाली बन्द कोठामा ।।

धरान, सुनसरी


लोकप्रिय छुटाउनुभयो कि ?