Logo

कोरोना अपडेट : विराटनगरमा ७६ सहित प्रदेश एक मा १५७ जना थप,

Logo 2020-09-30 04-09    अभिमन्यु अभिजित

विराटनगर । असाेज १४

मोरङको विराटनगरमा ७६ जना सहित बुधबार प्रदेशभर १५७ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको ९७१ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।

संक्रमित मध्ये मोरङका १०२ , सुनसरीका ४०, झापाका ९, उदयपुरका र अोखलढुङ्गाका १/१ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २८ महिला र ४८ पुरुष थपिएका छन । त्यस्तै मोरङको कटहरीमा ४ महिला र ७ पुरुष, कानेपोखरीमा १ पुरुष, बुढीगङ्गामा ४ महिला र १० पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै सुनसरीको धरानमा ५ महिला र १३ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, इनरुवामा १/१ महिला पुरुष, हरिनगर र दुहवीमा १/१ पुरुष र स्थानीय तह नखुलेको २ पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ । त्यस्तै प्रदेश १ मा अाज ५३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ९८ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेशमा अाज ४ पुरुषको मृत्युु भएको छ। यो सगै प्रदेशमा मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

देशभरमा गएको २४ घण्टामा १५५९ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै देशभरबाट १०५७ जना कोरोना मुक्त भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?