प्रेमिकालाई जबरजस्ती गर्भ तुहाउन लगाउने युवक पक्राउ

१५ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । असोज १५

प्रेमिकालाई धम्की दिएर जबर्जस्ती गर्भ तुहाउन बाध्य पार्ने सर्लाहीका एक युवा पक्राउ परेका छन् ।

चन्द्रनगर गाउँपालिका बडा नं. ३ बरकुर्वा बस्ने २४ वर्षिय अरुण महराले प्रेमिकासँगको पटक पटकको सम्पर्क पछि गर्भ बसेपछि जबरजस्ती गर्भ तुहाउन बाध्य पारेको अभियोगमा पक्राउ गरेको छ ।

उनले प्रेमिकालाई डर-धम्की देखाई औषधी खुवाएर चार महिनाको गर्भपतन गराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जनाएका छन् ।

विवाहित रहेका महराले युवतीलाई प्रेममा फसाई यौन सम्पर्क गरेको र जबरजस्ती गर्भपतन गराउन बाध्य पारेकोमा युवकमाथि गर्भ तुहाएको मुद्दा चलाईएको प्रहरीले जानकारी दिएको छ ।