Logo

विपीमा इटहरीका एक कोरोना संक्रमितको मृत्यु

Logo 2020-10-01 12-10    अभिमन्यु अभिजित

सांकेतिक तस्वीर

विराटनगर । असोज १५

सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी-६ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको गत राती मृत्यु भएको छ ।

विराट मेडिकल कलेज विराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका उनको विराटगरमा नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचापका बिरामी रहेका उनमा केही अघिदेखि ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण रहेको र ९:३० बजे अस्पतालमा भर्ना भएका उनको ९:४५ मा मृत्युु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

मंगलबार पनि इटहरीका एककाे मृत्यु भएकाे थियाे । याेसँगै क्रमशः दुइ दिनमा इटहरीका दुइ जनाले ज्यान गुमाएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?