बिहिबार सुनचाँदी बजार मूल्य : २०० घट्याे

१५ आश्विन २०७७, बिहीबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असोज १५

सुनको मूल्यमा बिहिबार गिरावट अाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपियाँले घटेको हो ।

महासंघका अनुसार अाज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपियाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएकोमा अाज प्रतितोला १५ रुपैयाँले घटेर अाज १ हजार १ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।