Logo

लालिगा : आज बार्सिलाेना र सेल्टा भिड्दै

Logo 2020-10-01 03-10    अभिमन्यु अभिजित

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (बिहीबार) राति विभिन्‍न तीन खेल हुँदै छन् । आज हुने खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्नेछ । सेल्टाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:१५ मा सुरु हुनेछ ।

आजको खेलमा बार्सिलोना जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा यो सिजन बार्सिलोनाले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा भियारियललाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको बार्सिलोनाले दोस्रो खेलमा पनि सहज जित निकाल्ने योजनामा बनाएको छ ।

आजै हुने अर्को खेलमा एथ्लेटिक क्लबले काडिच र अर्को खेलमा सेभियाले लेभान्तेसंग खेल्दै छ खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ।


लोकप्रिय छुटाउनुभयो कि ?